युवती हत्याका अभियुक्त लालबहादुरलाई जन्मकैद

गुल्मीकाे रेसुंगा नगरपालिका–३ की २१ बर्षीया सम्झना बोहराको हत्याका अभियुक्त ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । गुल्मी अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग दाबीअनुसार जन्दकैद फैसला भएको तहसिलदार रामबहादुर कुवँरले जानकारी दिए । 

फैसलाको पूर्ण पाठ भने अझै नबनेकाले क्षतिपूर्ति तोकिएको छैन । बोहराको हत्या आरोपमा २९ माघ ०७७ मा खत्रीलाई गिरफ्तार गरी अदालतमा पेस गरिएको थियो । 

सम्झना २९ माघ ०७७ देखि बेपत्ता थिइन् । अभियुक्त लालबहादुर सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुसन्धानमा आरोपितको रोहबर बस्नेलगायत काममा कार्यमा सक्रिय थिए । उनले यति मात्रै गरेनन्, २ फागुनमा सम्झानाकी सासू ५२ वर्षीया टोमकला खत्री घरनजिक झुण्डिएको अवस्थामा फेला परेपछि घर–घरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई समेत उचालेका थिए। पटक–पटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउसमेत गरे ।

त्यतिबेला आन्दोलनको अग्रपंक्तिमा हत्यामा संलग्न खत्री नै थिए । सोही घटनाका कारण तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठको सरुवासमेत भएको थियो । आन्दोलनकारीले प्रशासन कार्यालय छिरेर तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अभद्र व्यवहार समेत गरे । 

सम्झनाको शव १९ दिनपछि घरदेखि डेढ सय मिटर तल बोरामा पोको पारेर फालिएको अवस्थामा फेलापरेको थियो । 

उनैले १७ फागुन ०७७ मा गाउँमा शव गनायो भनेर प्रहरीलाई खबर गरे । उनका शंकास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना हर्कत, कल डिटेल्स प्रहरीले निगरानी गरेको थियो । 



पहिलेबाट नै प्रहरी निगरानीमा रहेका खत्रीलाई शव भेटिनेबित्तिकै पक्राउ गरी सार्वजनिक गरेको थियो । मृतक बोहराका ससुरा ५९ वर्षीय गणेश खत्रीले आरोपितविरुद्ध १८ फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका थिए । 
 



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १८:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया