देउवालाई निःशर्त समर्थन गरेको सिंहको दाबी

नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा पहिलो चरणमा प्रतिस्पर्धाबाट बाहिरिएका प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको दाबी गरेका छन् । 

केही सञ्चारमाध्यममा निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले आएका समाचार भ्रमपूर्ण भएको उनको भनाइ छ । यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले विज्ञप्ति जारी गरेर यसबारे प्रस्ट्याएका हुन् । 

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभावअनुरुप उहाँलाई समर्थन गरेको हुँ,’ उनले भनेका छन्, ‘कुनै अन्यखाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु ।’





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २१:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया