पेटमै मृत बच्चा निकाल्न रकमअभाव, अत्यधिक रक्तश्रावका कारण ज्यानै जोखिममा

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छटपटाइरहेकी छन् । बुढिनन्दा नगरपालिका वडा नं ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जीवनमरणको दोसाँधमा छिन्।
 
तीन दिनपहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरेकोे र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले बताए । 

स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीका अनुसार उनको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको छ । उनका अनुसार पाठेघरको मुख पनि नखुलेका कारणले महिलाको अवस्था निकै जोखिममा छ ।

स्वास्थ्य केन्द्रमा शारदालाई सुत्केरी गराउन सम्भव नभएपछि अन्यत्र लैजान भनिएको भए पनि पैसा अभावका कारण उनलाई अन्यत्र उपचारका लागि लैजान सकिएको छैन । शारदाका श्रीमान् चन्दु कडाराले श्रीमतीलाई अन्यत्र लैजान पैसाको जोहो गरिरहेको बताए । 

अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले रेफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी चन्दाले बताइन् ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २१:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया