भुपु ब्रिटिश आर्मी राईले खोटाङको बासपानीमा बनाइदिए हेलिप्याड

खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीका भुपु ब्रिटिश आर्मी धनबहादुर राईले गाउँमा हेलिप्याड बनाइदिएका छन् । बेलायतमै रहेका राईले मृतक श्रीमतीको स्मृतिमा बासपानी वडा कार्यालयनजिकै आफ्नै जग्गामा हेलिप्याड निर्माण गरी दिएका हुन् ।

राईले स्वास्थ्य समस्या परेका स्थानीयकाे उपचारमा सहयाेग गर्नेगरी डाँडा सम्याएर वरपरबाट मेसिनरी पर्खाल हालेर हेलीकोप्टर ल्याण्ड गर्ने सिग्नल कंक्रिट गरेर हेलिप्याड बनाइदिएको वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । 

हेलिप्याड निर्माणापछि प्रसूति तथा दुर्घटनाका कारण तत्काल अस्पताल पुर्‍याउनु पर्ने बिरामीले छिट्टै उपचार पाउन सक्छन् । यसअघि स्थानीयकाे खेतबारीमा हेलिकाेप्टर ल्याण्ड गर्नुपर्ने बध्यता थियाे । 

कहिले काही ल्याण्ड गर्ने ठाउँ नभेट्दा बिरामीकाे ज्यानै समेत जाने अवस्था थियाे । हेलिप्याड बनाइदिने राईलाई वडा कार्यालयले शुक्रबार सम्मान गरेको छ । भुपु ब्रिटिश आर्मी राईले श्रीमतीको कपुरथान (चिहान)लाई पनि कंक्रिट गरेका छन् ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १५:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया