logo-img

प्रचण्ड र नेपाल प्रवृत्तिविरुद्ध घन ठोक्न कार्यकर्तालाई एमाले महासचिवको निर्देशन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन् । आगामी निर्वाचनमा उनीहरुको विरुद्ध प्रवृत्तिविरूद्ध घन ठोक्न पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन्। 

दाङका कम्युनिस्ट नेता स्वर्गीय श्रीमनी आचार्यको १४औँ स्मृतिसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड र नेपालले प्रवृत्ति नेपालको कम्युनिस्ट आन्दोलन भाग्य र भविष्यविरूद्धको प्रवृत्ति भएको बताए । 

प्रचण्ड–नेपालले जनमतमाथि गद्दारी गरेको आरोप लगाउँदै उनीहरुलाई सजाय नदिने हो भने भोलि फेरि अवसरवाद टाउको उठाएर सामुन्ने आउन सक्ने उनको दाबी थियो । महासचिव पोखरेलले भने, ‘त्यसैले त्यस प्रकारको दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्न जरुरी छ।’

नेकपा एमालेलाई अनुशासित र अराजकताविहीन पार्टीको रूपमा विकास गर्न चाहेको बताउँदै उनले सबै पार्टीमा भएका देशभक्त कार्यकर्तालाई नेकपा एमालेमा समाहित हुन आग्रह गरे। 





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार २०:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया