डाेटीमा भालुकाे आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छन् ।
जिल्लाकाे केआइसिंह गाउँपालिका-४ वायलमा जंगली भालुले आक्रमण गर्दा ३८ वर्षीया पपी विष्ट गम्भीर घाइते भएकी हुन् ।
बासकाेटा बाेकडाडामा घाँस काट्न गएकाे बेलामा उनलाई विष्टलाई भालुले आक्रमण गरेकाे थियाे। भालुकाे आक्रमणबाट उनकाे टाउकाे,छातीलगायत शरीरका अन्य भागमा पनि चाेट पुगेकाे छ ।
घाइते विष्टकाे दिपायलमा उपचार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।