नेपाली कांग्रेस प्रदेश २ अधिवेशन : मतपत्र छपाइको काम नसकिएपछि निर्वाचन स्थगित
फरकधार / ७ पुस, २०७८

नेपाली कांग्रेस प्रदेश २ को जारी अधिवेशनअन्तर्गत आज हुने भनिएको निर्वाचन स्थगित भएको छ । जनकपुरधाममा भइरहेको प्रदेश अधिवेशनअन्तर्गत आज बुधबार दिउँसो १ बजेदेखि निर्वाचनको समय निर्धारण गरिएको थियो ।
 
प्राविधिक तयारी पूरा नभएकोले निर्वाचन बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । 



उनले मतपत्र छपाइको काम पूरा हुन नसकेकोले निर्वाचन स्थगित गरिएको बताए । यसअघि निर्वाचन हुने वा नहुने विषयमा मतदानस्थलमा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्ण यादव पक्षका युवाहरुबीच कुटाकुटसमेत भएको थियो ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १८:१७:४५,   अन्तिम अपडेट : पुस ७, २०७८ बुधबार १८:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया