अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छन् : राष्ट्रसंघ

अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्तानको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । 

सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ ।

ल्याटिन अमेरिकी देशमा कोका खेतीका लागि छुट्टाइएको क्षेत्रभन्दा अफगानिस्तानमा गरिने अफिमका लागि छुट्टाइएको क्षेत्र धेरै छ । सन् २००१ देखि नै अफगानिस्तान गैरकानुनी ढंगले विश्वमै धेरै अफिम उत्पादन गर्ने देश बनेको छ । 

काबुल कब्जा गर्नुअघि सरकारी फौजसँग लडेका तालिबान लडाकुले देशको अफिम उत्पादन हुने क्षेत्रलाई आफ्नाे आधार बनाएका थिए । तालिबान लडाकुले अफिमलगायतका लागुपदार्थको ओसारपसार गर्दथे । अघिल्लो सिजनमा मात्र अफगानिस्तानले ६८ हजार टन अफिम उत्पादन गरेको थियो । 

राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालयका अनुसार अफगानिस्तानले सन् २०२० देखि अफिम उत्पादनमा ८ प्रतिशतले बृद्धि गरेको छ । अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८० प्रतिशत प्रयोगकर्ताले उपयोग गर्छन् ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ९:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया