माधवकुमार नेपालले भने– एमसिसी बिथालेको केपी ओलीले हो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी)सँग भएको अनुदान सम्झौतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिथोलेको बताएका छन् ।

उनले एमसिसी विवाद यो तहसम्म ल्याउनका लागि ओली नै प्रमुख जिम्मेवार भएको पनि बताएका छन् ।

एमसिसी संसदमा ल्याउनै नहुने तर्क गर्दै नेपालले केपी ओलीको पालामा नै अर्थमन्त्रीले यसलाई संसदमा ल्याएको पनि बताएका छन् । ‘यो संसदमा ल्याउने विषय नै होइन,’ उनले भनेका छन्, ‘तर, ओलीका अर्थमन्त्रीले संसदमा ल्याए । एमसिसीलाई रणनीतिक अंग बनाउन नै आवश्यक थिएन ।’

बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

यतिमात्र होइन, नेपालले ओलीले पछिल्लो समय गणतन्त्र पनि नपचाएकाले नेपालमा संघीय गणतान्त्रिक व्यवस्था नै उल्ट्याउन खोजेको पनि उनले आरोप लगाएका छन् ।

उनले सरकारले बनाएको तीन सदस्यीय कार्यदलले लिने अन्तिम निर्णयअनुसार यो सरकारले एमसिसीबारे निर्णय गर्ने पनि बताएका छन् । 



सरकारले यसअघि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसिसी अध्ययन समिति बनाएको छ ।



  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १२:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया