अमेरिका एमसीसीमार्फत भारतमा पनि नियन्त्रण गर्न चाहन्छ : धर्मेन्द्र बाँस्तोला
फाइल तस्वीर

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक गम्भीर दुष्चक्रमा फस्ने चेतावनी दिएका छन् । उनले एमसीसी सम्झौताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने मागसमेत गरे । एमसीसी यथास्थितिमा संसदबाट पारित गराए त्यसको शिकार नेपालका नेता आफैँ हुने बाँस्तोलाको बुझाइ छ । नेता बास्तोलाले अमेरिकाले डेमोक्रेसीका नाममा नेपालमार्फत भारतलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘जे कुरा यो एमसीसीभित्र छ । यदि त्यो बेला उहाँहरूलाई थाहा थिएन भने पनि अब यी सबै कुराहरू सार्वजनिक भएको छ । उहाँहरूले जुन पत्राचार गर्नु भएको छ । त्यो पत्राचार पनि नेपाली जनताको अगाडि  दिनुपर्छ । र पनि यति हुँदाहुँदै उहाँहरूले सम्झौता गर्ने अवस्था भयो भने यो देश एउटा निश्चित रुपमा अत्यन्तै ठूलो दुर्भाग्यको दुष्चक्रमा पस्नेछ । त्यसका शिकार ती नेताहरू पनि हुनेछन् । अमेरिका एमसीसीमार्फत भारतमा पनि नियन्त्रण गर्न चाहन्छ । अमेरिकाले डेमोक्रेसीका नाममा लुटपाट मच्चाउने काम गरिरहेको छ । नेपालका पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ ।’

भिडियो





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १८:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया