भारतको कस्मिरमा गोली हानाहान, ३ जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

भारत नियन्त्रित कस्मिरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतंककारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।

प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतंककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा क्षेत्रमा एकजनालाई गोली हानेर मारिएको बताएको छ ।

प्रहरी, सेना र अर्धसैनिक बलको संयुक्त टुकडीले विद्रोहीहरूको उपस्थिति रहेको संकेत गर्ने विशेष गुप्तचर सूचनाको आधारमा गाउँहरू घेरेपछि दुवै ठाउँमा बन्दुकधारीहरूले गोली चलाएको प्रहरी प्रवक्ताले बताए ।

झडपमा सरकारी सेनालाई कुनै क्षति नभएको पनि जनाइएको छ । 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १४:५१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया