यु-१९ एसिया कप : नेपालकाे लगातार दोस्रो पराजय

युएईमा जारी एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबारकाे खेलमा नेपाल श्रीलंकासँग ६० रनले पारजित भएकाे छ ।

३२३ रनको विशाल लक्ष्य पछ्याएकाे नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २६२ रन मात्र बनाउन सक्याे ।

नेपालका लागि अर्जुन साउदले अर्धशतकीय पारी खेले । ८० बलकाे सामना गरेका उनले ३ चाैका र २ छक्काकाे मदतमा ६४ रन बनाए ।

विवेक यादवले ४३ र वसिर अहमदले ४३ रन जाेडे ।

श्रीलंकाका लागि मथिश पथिराना र रभिन डि शिल्भाले ३-३ तथा कप्तान दुनिथ वेलगाले र सिभाेन दानियलले १-१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

यसअघि युएईस्थित सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनायो ।



श्रीलंकका लागि सदिश राजापाक्षे र चमिन्दु विक्रमसिंघेले शतकीय पारी खेले । १३१ रन बनाएका राजापाक्षेले ११९ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे ।

१२६ बलको सामना गरेका विक्रमसिंघेले ८ चौका र २ छक्काको मद्दतले १११ रन बनाए ।



दोस्रो विकेटका लागि राजापाक्षे र विक्रमसिंघेले २२३ रनको उत्कृष्ट साझेदारी गर्दै श्रीलंकालाई विशाल योगफलसम्म पुर्याएका थिए ।

दुनिथ वेललागेले अविजित ३४ रन जोडे ।

नेपालका लागि मोहम्मद आदिल अलामले २ र कप्तान देव खनाल र विवेक यादवले १–१ विकेट हात पारे ।

याेसँगै लगातार दोस्रो पराजय बेहाेरेकाे नेपालकाे सेमिफाइनल सम्भावना समाप्त भएकाे छ ।

नेपालले पहिलाे खेलमा बंगलादेशसँग १५४ रनकाे पराजय बेहाेरेकाे थियाे ।

  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १९:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया