ए डिभिजन लिग: बराबरीमा राेकिए आर्मी र थ्रीस्टार

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको खेलमा विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लब बराबरीमा राेकिएका छन् ।

दुवै टाेलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गाेलरहित बराबरी खेलेका हुन् ।

याे बराबरीसँगै आर्मीको एएफसी कप छनोट खेल्ने सम्भावना पनि सकिएको छ ।

आर्मीलाई एएफसी कप छनाेटकाे सम्भावना जीवितै राख्न आजकाे खेलमा जित अत्यावश्यक थियो ।

अब छनोटको दौडमा साविक विजेता मछिन्द्र र मनाङ रहेका छन् ।  

गत संस्करण लिग विजेता मछिन्द्रसँग एएफसी क्लब लाइसेन्स नभएको कारण आर्मीले एएफसी कप छनोट खेलेको थियो ।



दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।

खेलकाे १७ औं मिनेटमा आयुष घलानको प्रहार पाेस्ट नजिकैबाट बाहिरिँदा थ्रीस्टार अग्रता लिनबाट चुक्यो ।



३६ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा पदमबहादुर तामाङको प्रहार पोलमा लागेर फर्कंदा आर्मीले अग्रता लिन सकेन ।

याे नतिजासँगै ६ खेलमा १० अंक जाेडेकाे आर्मी चाैथाे स्थानमा रहँदा ७ अंकका साथ थ्रीस्टार साताैँ स्थानमा उक्लिएकाे छ ।

  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १९:२०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया