logo-img

बझाङ र बैतडीमा झण्डै नौ हजार नयाँ मतदाता थपिए

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बझाङमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन शिविरमा करिब ३ हजार व्यक्तिले आफ्नो नाम दर्ता गराएका छन् ।

सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र बाहिर जिल्ला गरी सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली विशेष कार्यक्रमअन्तर्गत बझाङमा २ हजार ७ सय १४ जनाले नाम दर्ता गराएका हुन् । प्रत्येक पालिकाका केन्द्रमै १० दिनसम्म टोली बसेर फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका बझाङले जनाएको छ । 

जिल्लामा मंसिर २८ गतेदेखी पुस ८ गतेसम्म सञ्चालन गरिएको शिविरमा बुंगल नगरपालिकामा ४२९, वित्थडचिर गाँउपालिकामा २५७ जना, केदारस्यूँ गाउँपालिकामा १६६ जना र दुर्गाथली गाउँपालिकामा १९२ जना र थलारा गाँउपालिकामा १७० जना नयाँ मतदाताहरुले आप्नो नाम दर्ता गराएका छन् । 

यस्तै, छविस पाथिभेरा गाउँपालिकामा १३४ जना, खप्तडछान्ना गाउँपालिकामा १६५ जना, मष्टा गाउँपालिकामा ९९ जना, सुर्मा गाउँपालिमा १५४ जना, तल्कोट गाउँपालिकामा२५१ जना र साइपाल गाउँपालिकामा ८६ जना नयाँ मतदाताले आफ्नो मतदाता नामावली दर्ता गराएका छन् । 

यस्तै जिल्ला प्रशासन कार्यालयबाट ३८४ जना, जिल्ला निर्वाचन कार्यालयबाट २०८ जना र ओडिआर जिल्लाबाहिरका १९ जनाले मतदाता नामावली दर्ता गराएको निर्वाचन कार्यालय बझाङका कम्प्युटर अप्रेटर प्रेम बोहराले बताए । 

बिदाका दिन समेत गरेर दुई चरणमा सञ्चालन भएको सो अभियानअन्तर्गत मंसिर १७ देखि मंसिर २६ गतेसम्म पहिलो र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा कार्यक्रम सञ्चालन भएको थियो । 



यसैबीच हाल पनि जिल्लाका २ स्थानबाट फोटोसहितको नामावली संकलन कार्य भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य भइरहेको हो । जिल्ला प्रशासन निर्वाचन कार्यालयको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म सञ्चालन हुने जनाइएको छ । बझाङमा हालसम्म १ लाख  २४ हजार १३० बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् ।

यस्तै, उता बैतडी जिल्लामा पनि दुइ चरणमा सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले नाम दर्ता गराएका हुन् । प्रत्येक पालिकाका केन्द्रमै टोली खटाएर फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए । 



पहिलो चरणमा बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकामा नाम दर्ता संकलन गरिएको थियो । दोस्रो चरणमा दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो । 

अभियानअन्तर्गत सबैभन्दा बढी पुर्चौडीमा १ हजार २३८ र सबैभन्दा कम पञ्चेश्वरमा ११६ जनाले फाटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निर्वाचन कार्यालय प्रमुख फुयाँलले बताए । 

यस्तै, पाटनमा १ हजार ७ , जिल्ला प्रशासनमा ८९२, मेलौलीमा ५१४, दोगडाकेदारमा ४८५, डिलाशैनीमा ४५३, सुर्नयामा ४२८, शिवनाथमा ३३३, सिगासमा २८८ र निर्वाचन कार्यालयमा ५७ जनाले नाम दर्ता गराएका हुन् । 

जिल्लामा रहेका १० स्थानीय तहमध्ये ९ मा उक्त कार्यक्रम सञ्चालन भएको र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदा सम्म नामदर्ता गर्ने कार्यक्रम जारी रहने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौडीबाट फोटोसहितको नामावली संकलन कार्य भइरहेको छ । बैतडीमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् ।

  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार २०:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया