एकीकृत समाजवादी देशव्यापी फैलिएको छ, हामीले हाम्रो हैसियत देखाइसक्यौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी देशव्यापी फैलिएको दाबी गरेका छन् । 

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीचको पार्टी एकता घोषणसभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् । ‘त्यही पार्टी निर्माण गरेका थियौं, एमाले । त्यही एमाले पार्टी केपी ओलीले कब्जा गरेपछि त्यसमा विद्रोह गरेर एउटा नयाँ कम्युनिस्ट पार्टीलाई उभ्याउनपर्ने भयो’ उनले भनेका छन्, ‘एकीकृत समाजवादीको हामी स्थापना गर्यौं । आज यो पार्टी देशव्यापी फैलिएको छ । सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा एक नम्बर पार्टीको रूपमा स्थापित छ ।’

साथै, उनले ओलीतर्फ इंकित गर्दै भने, ‘विचारको भर्याङ चढेरमाथि उक्लँदा रहेछन् । पार्टीको भर्याङ चढेर माथि उक्लँदा रहेछन् । र त्यो पार्टी र विचारलाई लत्याइँदिदा रहेछन् । कब्जा गर्दा रहेछन् । स्वार्थको साधान बनाउँदारहेछन् । त्यस्ता प्रकृतिसँग जुध्न तयार हुनपर्छ ।’

अध्यक्ष नेपालले हिटलरको प्रसंग झिक्दै भने, ‘जनमतबाट हिटलर आएका होइनन् ? समाजवादी पार्टीको नाममा हिटलर उदाएका होइनन् । समाजवादीकै झण्डा बोकेका थिए उनी, तर, यो संसारको क्रुर तानाशाहको रुपमा उनको पतन भयो । अरु त के भयो ? आँट गर्नुपर्छ हामीले ।’

प्रदेश २ मा जसपाभन्दा ठूलो आफ्नो पार्टी भएको नेपालको दाबी छ । उनले भने, ‘प्रदेश २ मा जनता समाजवादीबाहेक अरु सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित छ । कर्णाली प्रदेशमा विद्रोहको पहिलो राँको लसुरु भएको थियो । १ नम्बर र बागमती प्रदेशमा हाम्रै नेताहरु मुख्यमन्त्रीको रुपमा रहनुभएको छ । अर्थात् नेपालको राजनीतिमा हामीले हाम्रो हैसियत देखाएका छौं ।’





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १५:३३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया