कोरोना महामारी र खराब मौसमका कारण विश्वभर ४४ सयभन्दा बढी हवाइ उडान रद्द

कोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाइ उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ ।

शनिबार मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यसमध्ये सबैभन्दा बढी २ हजार ५ सयभन्दा बढी उडान अमेरिकामा रद्द भएको हवाइ ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि चालक दलका सदस्यलाई क्वारेन्टिन बस्नुपर्ने लगायतका कारण एयरलाइन्समा कर्मचारीको अभाव हुने गरेको छ ।

यात्रुका समस्याका साथै मध्य अमेरिकामा परेको बाक्लो हिमपातले पनि हवाई उडान प्रभावित भएका छन् । सिकागो, ओहारे र मिडवे विमानस्थलमा मात्रै १ हजारभन्दा बढी उडान रद्द भएका छन् ।

ओमिक्रोन संक्रमणका कारण कर्मचारी अभाव हुनु र मौसमी खरावी विशेष गरी हिमपातका कारण उडान रद्द गर्नुपर्ने अवस्था आएको एयरलाइन्सहरूले जनाएका छन् ।  





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार ७:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया