खुमबहादुर स्मृति टेबल टेनिस : दीक्षा र स्यान्टुलाई स्वर्ण

दाङमा जारी खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा नेपाल एपिएफ क्लबकी दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठले स्वर्णपदक जितेका छन् ।
 
सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै दीक्षाले महिला एकलतर्फ स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरिन् ।  

द्वितीय स्थान हासिल गर्ने रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मञ्जु सुवालले १०–१० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्  ।

युथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष उपाधि जिते । उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे ।  

विनेशले द्वितीय स्थान हासिल गरी नगद २० हजार प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका सेनाका दीप साउन र एपिएफका संयोगक कपालीले नगद १०–१० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । 

पुस १६ देखि १८ गतेसम्म सञ्चालित प्रतियोगितामा तीन विभागीयसहित २८ जिल्लाका एक सय २० खेलाडीहरू सहभागी भएका थिए ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार २०:२३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया