logo-img

महिला हिंसाका घटनामा पूर्वाग्रह नराखी अनुसन्धान गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरूमा संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । 

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्ताे निर्देशन दिएकाे हाे ।

समितिको बैठकले लैंगिक हिंसाका घटनाहरूप्रति संवेदनशील अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि गृहमन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरूलाई द्रुतमार्गबाट शीघ्र किनारा लगाउनुका साथै पीडितहरूको सुरक्षाको सुनिश्चितता गर्न पनि समितिले सरकारलाई सचेत गराएको सभापति निरुदेवी पालले बताए ।

न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसेका महिलाहरूको स्वास्थ्य स्थिति परीक्षण गर्न-गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्किने वातावरण बनाउन समिति राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरी प्रधानलाई निर्देशन दिएको पालकाे भनाइ छ ।

सभापति पालले राजनीतिक दबावमा काम गर्ने वातावरण अन्त्य हुनुपर्नेमा पनि जाेड दिए ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया