अक्षयकुमार यी फिल्ममा भिलेन थिए

बलिउडका खेलाडीकुमार ऊर्फ अक्षयकुमारले हिन्दी फिल्ममा दिएको योगदानको सामुन्ने जो–कोही भारतीय कलाकार शिर झुकाउन बाध्य हुन्छन् । अक्षयकुमारले सन् १९९१ को ‘सौगन्ध’ फिल्मबाट फिल्मी करिअर सुरु गरेका थिए ।

यसपछि उनले आफ्नोे फिल्मीयात्रामा यादगार फिल्म दिँदै आएका छन् । अक्षयकुमारले हिरो बनेर मात्र फिल्म खेलेनन् । भिलेनको भूमिकामा पनि उनले दर्शकको मन उत्तिकै जिते । उनले खेलेका केही फिल्म, जसमा उनी भिलेनको भूमिकामा थिए :

१. खिलाडी ४२०
अक्षयकुमार पहिलोपटक फिल्म ‘खिलाडी ४२०’मा भिलेनको भूमिकामा देखिएका थिए । यस फिल्ममा उनको साथमा महिना चौधरी मुख्य भूमिकामा थिइन् । यो फिल्म सन् २००० मा रिलिज भएर सफल भएको थियो । 

२. अजनबी
अक्षयकुमारको यो फिल्म सन् २००१ मा रिलिज भएको थियो । फिल्ममा उनको साथमा बबी देओल, अभिनेत्री करिना कपुर र विपाशा बसु मुख्य भूमिकामा थिए । फिल्म ‘अजनबी’मा अक्षय र विपाशाले निभाएको नेगेटिभ रोलले खुब तारिफ पाएको थियो । यस फिल्मको निर्देशन अब्बास–मस्तानले गरेका थिए ।

३. ब्लु
सञ्जय दत्त, अक्षयकुमार, जयद खान, लारा दत्त र क्याट्रिना कैफ अभिनीत यस फिल्म सन् २००९ मा लिरिज भएको थियो । फिल्ममा अक्षयले आवारा मलहोत्राको चरित्र निभाएका थिए । जुन नेगेटिभ भूमिका थियो । यस फिल्मको निर्देशन एन्थोनी डिसुजाले गरेका थिए ।

४. वन्स अपन अ टाइम मुम्बई दोबारा
अक्षयकुमारको यस फिल्म सन् २०१३ मा रिलिज भएको थियो । यो फिल्म सन् २०१० मा प्रदर्शन भएको अजय देवगण र इमरान हासमीको फिल्म ‘वन्स अपन अ टाइम इन मुम्बई’को सिक्वेल थियो । अक्षयकुमारको यस फिल्ममा उनको साथमा इमरान खान र सोनाक्षी सिन्हा मुख्य भूमिकामा थिए । यस फिल्ममा अक्षयले निभाएको भिलेनको भूमिकाको खुब तारिफ भएको थियो । 



५. २.०
अक्षयकुमारको यो फिल्म लामो समयदेखि चर्चामा छ । बताइएअनुसार यस फिल्ममा अक्षयकुमार खतरनाक लुक्समा भिलेनको भूमिकामा देखिनेछन् । यस फिल्ममा उनको साथमा साउथ इन्डियन फिल्मका सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म यही वर्ष रिलिज हुने सम्भावना रहेको बताइएको छ ।
 



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार २०:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया