युएईको कार्गो जहाज हुथी विद्रोहीको कब्जामा

संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाज यमनको हुथी विद्रोहीको कब्जामा परेको छ । जहाजलाई विद्रोहीले समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका हुन्। 

बिना लाइसेन्स यमनमा प्रवेश गर्न लागेको कार्गो जहाज कब्जामा लिएको बताउँदै हुथी प्रवक्ता याहिया सारीले ट्विट गरेका छन् । उनले भनेका छन् ‘जहाजमा सैन्य उपकरण थियो र त्यो विनालाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।’

यमनको धेरैजसो क्षेत्र हुथी विद्रोहीले कब्जा गरेका छन् । अन्तर्राष्ट्रिय गठबन्धनको सेना र हुथी विद्रोहीबीच युद्ध चलिरहेको छ । अन्तर्राष्ट्रिय गठबन्धनको नेतृत्व साउदी अरबको सेनाले गरेको छ । 

यसअघि गठबन्धन सेनाले हुथी विद्रोहीले युएईको झण्डा भएको एक मालवाहक जहाज अपहरण गरेको जनाएको थियो । हुथीले जहाज कब्जामा लिएको जानकारी गराएपछि सो घटनाको पुष्टि भएको हो । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार २०:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया