देशभर थपिए ३९३ कोरोना संक्रमित, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२९ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

सोही अवधिमा २६३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०१ पुगेको छ । मृत्युदर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

देशभर ५ हजार ९४ सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १६:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया