logo-img

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण रोक्ने निर्णय
फाइल तस्वीर

नेपाल सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै खोल्न लागिएको रेस्टुरेन्टको संरचना निर्माणको काम तत्कालका स्थगित गर्न निर्देशन दिएको छ । बतास अर्गनाइजेसनले बनाउन लागेको रेस्टुरन्टको काम तत्कालका लागि रोक्न सरकारले निर्देशन दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले यस्तो निर्देशन दिएको हो ।

बतास अर्गनाइजेसनअन्तर्गतको बी म्यानेजमेन्ट प्रालिले रेस्टुरेन्ट खोल्नका लागि संरचना निर्माणको काम गरिरहेको थियो ।  सञ्चालन समितिले बतास अर्गनाइजेनलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो ।

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार मन्त्रालयले संरचना निर्माण रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटिएको हो । पत्रमा मन्त्रालयको मौखिक आदेशअनुसार अर्को आदेश नभएसम्मका लागि निर्माण रोक्न जानकारी गराइएको छ ।

'प्रस्तुत विषयमा यस नारायणहिटी द रबार संग्रहलाय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालिबीच सम्झौता भई अगाडि बढेको निर्माणका कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ कार्यकारी निर्देशक दाहालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १७:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया