राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यसूची

राष्ट्रियसभा सदस्यको उम्मेदवारविरुद्ध बुधबार उजुरी दिन कार्यसूची रहेको छ ।  निर्वाचन आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यसूची रहेको हो । 

उम्मेदवारविरुद्ध उजुरी परे २२ र २३ पुसमा छानबिन हुनेछ । २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।


आयोगका अनुसार आगामी १२ माघमा तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदै छन् । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ जनाका लागि भने निर्वाचन हुन लागेको हो ।   





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार ९:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया