तालिबान सरकारका उपप्रधानमन्त्रीले भने– अशरफ घानीको हत्या गर्ने योजना थिएन

अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाअब्दुल घानी बरादारले पूर्वराष्ट्रपति अशरफ घानीको हत्या गर्ने तालिबानको कुनै योजना नभएको बताएका छन् । अफगानिस्तानको सरकारी टेलिभिजनसँगको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।

‘जुनसुकै अपराधी हो, तिनीहरू एउटै हुन्, तपाईले देख्नु भएको होला कि धेरै मान्छेहरू यहाँ बसेका छन्, उनीहरू मान्छेहरूलाई भेटिरहेका छन्, उनीहरू विदेशीहरूलाई समेत भेटिरहेका छन्, उनीहरूलाई केही समस्या छ?,’ उपप्रधानमन्त्री बराबरदले पत्रकारसँग नै प्रश्न गरे । 

उनले अन्तर्वार्ताका क्रममा तालिबानका सर्वोच्च नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादाले सबै मानिसलाई माफी दिने घोषणा गरेकाले यो नियम असरफ घानीमा पनि लागू हुने बताए ।

‘अल्लाहले हामीलाई अफगानिस्तानमा सफलता दिनुभयो, यो उहाँको सहयोगको परिणाम हो । त्यसैले हाम्रा हेब्तुल्लाहले पुरानो प्रशासनसँग सम्बद्ध सबैलाई माफी दिने घोषणा गरे । त्यसपछि हामी अशरफ घानी वा अरू कसैलाई कसरी मार्न सक्छौँ?,’ उपप्रधानमन्त्री बराबरदले फेरि प्रश्न गरे, ‘क्षमादानको विषयमा प्रतिबद्ध छौं । र, कसैलाई मार्ने हाम्रो मनसाय छैन ।’

अशरफ घानी र उनका नजिकका सहयोगीहरूले काबुल कब्जा गरेपछि तालिबानले आफूहरूलाई मार्न खोजेका थिए भनेर प्रतिक्रिया दिँदै आएका छन् । घानीले गत वर्ष अगस्टमा देश छाड्ने आफ्नो निर्णयलाई जायज ठहराउँदै भनेका थिए, ‘राष्ट्रपतिले अडान लिनुभयो भने सबैको मृत्यु निश्चित छ ।’





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १०:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया