बिग बास : एडिलेडसँग होबार्ट पराजित
फरकधार / २१ पुस, २०७८

बिग बास लिग (बिबिएल) अन्तर्गत बुधबारको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स घरेलु टोली एडिलेड स्ट्राइकर्ससँग ७ ले पराजित भएको छ ।  



१२७ रनको विजयी लक्ष्य एडिलेडले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।  एडिलेडका लागि म्याथ्यु सर्टले अर्धशतकीय पारी खेले ।

७२ रनमा अविजित रहेका सर्टले ४४ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गरे । म्याट रेनशाले १९, हेनरी हन्टले १८ रनको योगदान दिए ।



होबार्टका लागि सन्दीपले ४ ओभरमा २२ रन खर्चिंदै २ विकेट हात पार्दा एक विकेट डार्सी सर्टको नाममा रह्यो ।



यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको होबार्टले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन बनाएको थियो ।

होबार्टका लागि डार्सी सर्टले सर्वाधिक ३२ रनको योगदान दिए । टिम डेविडले २८ र मिचेल ओवेनले १६ रन जोडे ।

एडिलेडका लागि कप्तान पिटर सिडेलले ५, राशिद खानले २ तथा म्याथ्यु सर्ट र ह्यारी कोन्वेले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै एडिलेड ९ खेलमा १३ अंकका साथ छैटौं स्थानमा उक्लिँदा समान खेलबाट १७ अंक जोडेको होबार्ट चौथो स्थानमा छ ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १७:२१:५७,   अन्तिम अपडेट : पुस २१, २०७८ बुधबार १७:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया