दिगो विकास र शान्तिका लागि सहकार्य  सु की

काठमाडौ‌– म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छिन् । शनिबारदेखि सुरु भएको ‘एसिया प्रशान्त शिखर सम्मेलन–२०१८’लाई सम्बोधन गर्दै उनले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताएकी छिन् । 

दिगो विकास, समृद्धि र शान्तिसँगसँगै स्थापित हुनुपर्ने बताउँदै उनले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरिबी, अशिक्षाजस्ता एसिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गरिन् । 

सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गरे । नेता जोलीले आफूले हरेकपटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । 

आयोजक संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन सुरु भएको थियो । सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र–सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी छन् । यसप्रकारको सम्मेलन नेपालमा पहिलोपटक भएको हो । 





  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार १४:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया