logo-img

बताससँग नाम जोडिएपछि आरजुको प्रतिक्रिया : यो संस्थामा मेरो संलग्नता छैन
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नारायणहिटी दरबार संग्रहालयभित्रमा रेस्टुरेन्ट सञ्चालनका विषयमा जोडिएको बतास समूहसँग आफ्नो संलग्नता नरहेको जनाएकी छन् । उनले आरजूको पनि उक्त संस्थामा संलग्नता रहेको खबरहरू आएपछि उनले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेकी हुन् ।

नारायणहिटीभित्र रेस्टुरेन्ट सञ्चालनको अनुमति पाएको बतास समूहको सल्लाहकार रहेको खबर बाहिरिएको थियो । बिहीबार उनले सञ्चारमाध्यमले विभिन्न संघसंस्थामा आफ्नो संलग्नता भएको भनेर समाचार लेखेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आफू आवद्ध रहेको संघसंस्थाबारे जानकारी दिएकी छन् ।

‘सञ्चारमाध्यमहरुले विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचार लेखेकोमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले लेखेकी छन्, ‘तल उल्लेखितबाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’

उनले आफू ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व  सञ्जाल  महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, उल्लेन्स  स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका र ब्लड डोनर एसोसिएसन नेपालको संरक्षक रहेको उनले उल्लेख गरेकी छन् । यीबाहेकका अन्य कुनै संघसंस्थामा आफ्नो संलग्नता नरहेको उनको प्रष्टिकरण छ ।

 






  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १६:०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया