क्यापिटल दंगाका लागि ट्रम्प दोषी- राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दंगाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् ।

बिहीबार बिहान (स्थानीय समय) कंग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणको लागि आफ्ना पूर्ववर्तीलाई जिम्मेवार  भएको  आरोप लगाएका हुन् ।

बाइडेनले भने, 'हाम्रो इतिहासमा पहिलो पटक एक राष्ट्रपतिले चुनाव मात्र हारेका थिएनन् । उनले हिंसात्मक भीड क्यापिटलमा पुग्दा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण रोक्न प्रयास समेत गरे तर तिनीहरू असफल भए । यो सम्झनाको दिनमा, हामीले यो सुनिश्चित गर्नुपर्दछ कि यस्तो आक्रमण कहिल्यै नदोहोरियोस्।'

ट्रम्पको नाम नलिइकन बाइडेनले आक्रामक रूपमा ट्रम्पमा त्यो दिन के भयो भनेर दोष लगाए । 'के साँचो र के झुट हो भन्नेबारे हामी पूर्ण रूपमा स्पष्ट हुनुपर्दछ,' उनले भने, 'जसले सिद्धान्तभन्दा शक्तिलाई महत्त्व दिन्छ, आफ्नो देशको हित र अमेरिकाको हितभन्दा आफ्नो स्वार्थ बढी महत्त्वपूर्ण छ भन्ने देख्छ । चोट लागेको अहंकार उसका लागि हाम्रो लोकतन्त्र वा हाम्रो संविधानभन्दा बढी महत्त्वपूर्ण छ। त्यस्ता व्यक्तिबाट यस्ता हर्कत हुन्छन् ।'

बाइडेनले कडा टिप्पणी गर्दै ट्रम्पले हारेको स्वीकार गर्न नसकेको बताए ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १४:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया