अत्यधिक चिसो बढेपछि विद्यालयमा नै हिटर जडान
फरकधार / २५ पुस, २०७८

बैतडीमा दिनप्रतिदिन जाडो बढ्दै गएपछि विद्यार्थीहरूकाे पठनपाठनमा सहजता ल्याउनका लागि विद्यालयमा हिटर जडान गरिएको छ । 



बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका-९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ हाे । बालबालिकालाई चिसोबाट बचाउनका लागि प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । विद्यालयमा अहिले २८५ विद्यार्थी अध्ययन गरिरहेका छन् । 

‘शिशु कक्षादेखि १० सम्मको प्रत्येक कोठामा दुई-दुईवटा हिटर  जडान गरिएको  छ,’  विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले भने, ‘कतिपय अभिभावकहरूको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो  लुगा लगाउन नपाएकाले हामीले कक्षाकोठा न्यानो गरी पठनपाठन गराउन हिटर जडान गरेका हौं।’ 



प्रत्येक विद्यार्थीबाट रु २०० संकलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको  हो । यस कार्यका लागि रु ८३ हजार खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी दिए । 



जडान गरिएका हिटरबाट हिउँदेयामको चिसो छेक्न मद्दत पुगेको र पठनपाठनमा सहज भएको छ। 

कक्षा ८ की छात्रा वर्षा भाटले हिटर जडान गरिसकेपछी अध्ययन गर्न सहज भएको बताइन् । 

‘जाडोले कक्षाकोठामा बसेर पढ्न सहज हुँदैन थियाे । तर, अहिले हिटर जडान गरेकाले सजिलाे भएकाे छ’, उनले भनिन् ।
 

  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ८:१९:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया