सञ्चारमन्त्री कार्कीको कोरोना रिपोर्ट नेगेटिभ
फाइल तस्वीर

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षणमा मन्त्री कार्कीको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । सोमबारदेखि मन्त्री कार्की नियमित रूपमा मन्त्रालयको काममा फर्किने जनाइएको छ । काममा फर्किए पनि भेटघाटलाई भने कम गरिने सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्कीको कोरोना परीक्षण गरिएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की शुक्रबार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए ।





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १९:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया