आज ३००औं पृथ्वीजयन्ती मनाइँदै

आज पुस २७ अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती । आजकाे पृथ्वी नारायण शाहकाे ३००औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशैभर धुमधामका साथ मनाइँदैछ ।

विभिन्न जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पृथ्वीजयन्ती मनाइने गरिन्छ ।

विसं १७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको थियो । उनी जन्मिनुभन्दा पहिला नेपाल ५२ राज्यमा विभाजित थियाे । उनैले नै एकीकरण गरी सिंगाे मुलुक बनाएका हुन्।

पृथ्वीजयन्तीकाे अवसर पारेर  सिंहदरबार पश्चिम मूलढाेकास्थित पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे छ । पूर्वराजा ज्ञानेन्द्रले पनि सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे छ ।

यसैगरी देशभर विभिन्न कार्यक्रमकाे आयाेजना गरी पृथ्वीजयन्ती मनाउँदैछन्।

पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकाे रूपमा घाेषणा गर्न माग हुँदै आएकाे छ ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ७:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया