पुलिसलाई हराउँदै आर्मी टाइगर कप भलिबलको फाइनलमा

पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबारको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । 

यो जितसँगै आर्मीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । आर्मीले महिलातर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा पोखरा रंगशालाको भलिबल कोर्टमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो ।

पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले त्यसपछिको ३ सेट २५–१८,२५–२१ र २५–१३ ले आफ्नो पक्षमा पार्दै फाइन यात्रा तय गर्यो । आर्मीले ४ खेलमा ९ अंक जोड्यो ।

३ खेलमा ३ अंक जोडेको पुलिसको भने फाइनल सम्भावना समाप्त भएको छ । पुलिसले आफ्नो अन्तिम खेल न्यु डायमन्ड स्पोटर््स क्लबसँग खेल्नेछ । 
 





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १०:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया