लिपुलेकमा सडक निर्माणबारे भारत - हाम्रो अडान नेपाललाई अवगत गराइसकेका छौँ
फाइल तस्वीर

भारतले नेपालसँगको सीमा विवादबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै नेपालसँगको सीमालाई लिएर भारत सरकारको अडान यथावत रहेको बताएको हो । उनले यसबारे नेपाल सरकारलाई जानकारी गराएको पनि बताएको छ ।

‘भारत-नेपाल सीमालाई लिएर भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ । नेपाल सरकारलाई यसबारे जानकारी गराइसकिएको छ,’ भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतले विवाद उत्पन्न भएका सीमाका विषयमा अन्तरसरकारी संयन्त्रबीच सञ्चार र संवाद भइरहेको बताएको छ । भारतले बाँकी सीमा समस्यालाई नेपाल-भारत घनिष्ठ मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका आधारमा सम्बोधन गर्न सकिनेसमेत बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक विस्तार भइरहेको बताएपछि नेपालमा त्यसको विरोध भइरहेको छ । उनले यसै महिना भारतीय राज्य उत्तराखण्डको चुनावी र्या‍लीलाई सम्बोधन गर्दै लिपुलेकमा सडक विस्तार भइरहेको र सन् २०२२ अन्त्यसम्म त्यहाँ पक्की सडक बनाउने तयारी भइरहेको बताएका थिए ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १८:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया