सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेका हुन् ।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । यो खेल दिउँसो १ बजे हुनेछ । ८ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको ब्रिगेड मछिन्द्रलाई स्तब्ध बनाएर अंक तालिका सुधार्न चाहन्छ ।
८ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्र आफ्नो अपराजित यात्रा कायम राख्दै ब्रिगेडलाई हराएर अंक दुरी बढाउने सोचमा हुनेछ । साँझ पौने पाँच बजे सुरु हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।
८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको पुलिस च्यासललाई हराएर अंक तालिका सुधार्ने प्रयासमा हुनेछ । ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको च्यासल पनि पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।