भारतमा थप २ लाख ५७ हजार ६३ संक्रमित

भारतमा पछिल्लाे २४ घन्टामा दुई लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३८३ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा एक लाख ५१ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १६ लाख ६४ हजार ७७८ रहेको छ ।

काेराेना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेका छन् । 

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७१ लाख २२ हजार १६४ पुगेको छ भने हालसम्म चार लाख ८६ हजार ६६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ४७.८३ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ८:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया