केदारस्युँ गाउँपालिकाका अध्यक्ष विकमाथि हातपात

बझाङको केदारस्युँ गाउँपालिका २ का वडाध्यक्ष चक्र विकमाथि हातपात भएको छ ।

केदारस्युँ गाउँपालिका १ का स्थानीय ४५ वर्षीय गजेन्द्र भण्डारीले सोमबार दिउँसो मदिरा सेवन गरी वडाध्यक्ष विकमाथि हातपात गरेका हुन् ।

काम गरेको रकम नदिएको भन्दै भण्डारीले अपशब्द प्रयोग गर्दै वडाध्यक्ष विकमाथि हातपात गरेको प्रहरीले जनाएकाे छ ।

हातपात गर्ने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे छ ।

वडाअध्यक्ष विक गाउँपालिकाबाट घर आउने क्रममा केदारस्युको देउरा बजारमा गालीगलोज गरेर झम्टन आएको भन्दै वडाअध्यक्ष विकले रायल प्रहरी चौकीमा निवेदन दिएका थिए ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ९:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया