भेरोसेलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनू : स्वास्थ्य सेवा विभाग

स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाउन सबै स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ । ​

भरोसेल खोपको मौजदात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउने सबैलाई कोभिसिल्ड खोप दिन निर्देशन दिएको हो । विभागले पहिलो मात्रा लगाउन आउनेहरूलाई कोभिसिल्ड खोप दिने बुधबार निर्णय गरेको थियो ।

विभागले सो निर्णय कार्यान्वयनका लागि प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको हो । 

हाल कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने काम जारी छ । अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकलाई बुस्टर डोज दिन सुरु गरिएको हो । 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ८:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया