ओखलढुंगामा जिपमाथि ढुंगा खस्यो, घटनास्थलमै तीनजनाको मृत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

मानेभन्ज्याङ गाउँपालिका-१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको ६ जना यात्रु सवार बोलेरो जिपमा बाटो माथिबाट ढुंगा खसेर लागेको हो । जिपमा सवारमध्ये सिद्धिचरण नगरपालिका-१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिनपा-१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ११:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया