ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भनेर सोच्नु गलत : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ ।

संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौँ भनेर सोच्नु खतरनाक भएको बताएको छ ।

डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए ।

कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए ।

उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १९:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया