logo-img

अफ्रिका कप अफ नेसन्स : रोमाञ्चक जित निकाल्दै मोरक्को क्वार्टरफाइनलमा

मोरक्को अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल प्रवेश गरेको छ । गएराति अहमदौ अहिजो स्टेडियममा भएको खेलमा मलावीमाथि २-१ को रोमाञ्चक जित निकाल्दै मोरक्को प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलको सातौं मिनेटमै गाबाडिन्हो महान्गोको गोलमार्फत मलावीले अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको समयमा युसेफ एन नेस्रीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए ।

७० औं मिनेटमा अचराफ हाकिमीले गरेको गोल निर्णायक बन्दा मोरक्कोले २-१ को रोमाञ्चक जित हात पार्दै क्वार्टरफाइनल यात्रा तय गर्‍यो । 






  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ७:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया