राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।
निर्वाचनको मतपरिणाम अनुसार पाँच दलीय गठबन्धनका उम्मेदवार अर्याल विजयी भएकी हुन् । नेकपा माओवादी केन्द्रकी अर्याल महिला समूहबाट विजयी भएकी छन् ।
महिला समूहबाट विजयी भएकी अर्यालले ६ हजार १५६ मतभार ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले २ हजार ७५४ मतभार ल्याएकी हुन् ।
त्यस्तै, नेकपा एमालीकी उम्मेदवार विना देवीको ३०६ मतभार आएको छ । महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ गरी कूल १९ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।