राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीको निर्वाचनमा दलित कोटा पनि गठबन्धनले जितेको छ ।
गठबन्धनका भुवन सुनारले एमाले उम्मेदवार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् ।
सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए ।
यो क्लस्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ ।
यो प्रदेशमा सबै सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।