कानुनमन्त्री आइसोलेसनमा रहेका बेला बोलाइयो न्याय सेवा आयोगको बैठक

न्याय सेवा आयोगको बैठक बोलाइएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका बेला शुक्रबार २ बजेका लागि बैठक बोलाइएको हो । 

आयोगमा प्रधानन्यायाधीश, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता, लोकसेवा आयोगका अध्यक्ष सदस्य रहने व्यवस्था छ । 

कानुनमन्त्री बडू उपस्थित नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी बैठकमा सहभागी हुनेछन् ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २१:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया