logo-img

केन्द्रको निर्णयअनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री केसी
फाइल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् । 

आज रोल्पामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारेका हुन् । ‘केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,’ मुख्यमन्त्री केसीले भने । 

गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो ।  नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १४:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया