राष्ट्रिय भूकम्प मापन केन्द्रको डा. बाबुराम भट्टराईलाई प्रश्न– बाबुरामले पशुपति शर्मा भन्न अलि नमिल्ने हो कि ?

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सन्जालमा निकै सक्रिय हुन्छन् । सामाजिक सन्जाल ट्विटरमा नेपालमा सबैभन्दा बढी फलो गरिएका नेतामध्ये एक हुन्, डा. भट्टराई । 

उनी पनि ट्विटरमा आफ्नो विषयमा मात्र होइन, विभिन्न सन्चारमाध्यमका समाचारका लिंकहरु पनि सेयर गरिरहेका हुन्छन् । जे होस्, सामाजिक सन्जाल ट्विटरमा डा. भट्टराईले बहस सिर्जना गर्ने प्रयास गरिरहेका हुन्छन् । 

त्यही ट्विटरमा उनलाई गाली गर्नेहरु वा आलोचना गर्नेहरुको संख्या पनि उल्लेख्य रहने गरेको छ ।

यहीबीच डा. भट्टराईले एक सन्चारमाध्यमको एउटा समाचार ट्विट गर्दै त्यसमा स्टाटसस्वरुप कमेन्ट लेखेका छन्– लूट कान्छा लूट ।

लोकगायक पशुपति शर्माको यो गीतले कुनै समय नेपाली समाजमा निकै ठूलो तरंग सिर्जनासमेत गरेको थियो । त्यही गीतको एउटा अंशलाई भ्रष्टाचारको विषयमा भएको समाचार राख्दै डा. भट्टराईले ट्विट गरेका हुन् । 

अचम्म त के भने यो ट्विटको कमेन्टमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले रिप्लाइ गरेको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले डा. भट्टराईलाई प्रश्न सोधेको छ– बाबुरामले पशुपति शर्मा भन्न अलि नमिल्ने हो कि ? 



मापन केन्द्रको ट्विटर जसले चलाउँछ उसले असावधानीवश सरकारी कार्यालयको ट्विटरको ह्यान्डलबाट यो जवाफ लेखेको हो । तर, लेखिएको केही समयमा नै यो ट्विट मेटिएको छ ।



  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १६:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया