आहा रारा गाेल्डकप : मनाङलाई इतिहास रच्ने अवसर, पहिलाे उपाधिकाे खाेजीमा एपिएफ

२० औं संस्करणकाे आहा रारा गाेल्डकपकाे उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र विभागीय टाेली नेपाल एपिएफ फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल खेल पाेखरा रंगशालामा शनिबार दिउँसाे दुई बजेबाट सुरु हुनेछ ।

१२ औं पटक फाइनल खेल्न लागेकाे मनाङ साताैंपटक उपाधि उचालेर इतिहास रच्ने दाउमा हुनेछ ।

एपिएफलाई हराउन सके मनाङ एकल रूपमा सर्वाधिक आहा रारा गाेल्डकप जित्ने टाेली बन्नेछ ।

अहिले समान ६ पटक उपाधि उचालेका मनाङ र नेपाल पुलिस क्लब संयुक्त रूपमा सर्वाधिक उपाधि जित्ने टाेली  हुन् ।

दोस्रोपटक फाइनल खेल्न लागेकाे एपिएफ पनि पहिलाे उपाधिकाे खाेजीमा छ ।



मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ तथा एपिएफले मछिन्द्र क्लबलाई ३-१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।



यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार ७:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया