पश्चिमी देशप्रति पाकिस्तानका प्रधानमन्त्री खानको आक्रोश–कश्मीर मुद्दामा चुप लाग्छन्, चीनको विगरका विषयमा बोल्छन्

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मानवअधिकारका विषयमा पश्चिमी देशले दोहोर मापदण्ड अपनाएको आरोप लगाएका छन् । 

पश्चिमी देशहरु भारत प्रशासित कश्मीरमा भएका मानवअधिकार उल्लंघनका घटनाप्रति मौन बस्ने गरेको उनले बताए । चीनको विगर मुसलमानमाथि भएको दुर्व्यवहारका विषयमा भने पश्चिमाहरुले बोल्ने गरेको उनले जनाए । 

राजधानी इस्लामावादमा चिनियाँ पत्रकारसँगको अन्तर्वार्तामा उनले पश्चिमी देशहरूमाथि यस्तो आरोप लगाएका हुन् । 

‘जब उनीहरु विगरको कुरा गर्छन् त्यो पाकिस्तानले बुझ्न सकेको छैन । भारतको कब्जामा रहेको कश्मीरको विषयमा पश्चिमी देशहरु कुरा गर्दैनन् जबकी त्यहाँ भारतले सबैभन्दा बढी मानवअधिकारको उल्लंघन गरिरहेको छ,’ पाकिस्तानका प्रधानमन्त्री खानले भने । 

भारतका कारण कश्मीरमा ९० लाख मानिसको अवस्था दयनिय बन्दै गएको आरोप उनले लगाए । उनले कश्मीरलाई ‘खुला जेल’को संज्ञा दिए । भारतले कश्मीरमा ९ लाख जवान तैनाथ गरेको उनले बताए । 

पश्चिमी देशले विगर मुसलमानको बारेमा अफवाह फैलाएको आरोप उनको थियो । चीनको लागि पाकिस्तानको राजदुतले विगर मुसलमान रहेको क्षेत्रको भ्रमण गर्दा पश्चिमी देशले भनेजस्तो केही नदेखेको उनले जनाए । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ११:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया