एमसिसीका कारण गठबन्धन टुट्ने अवस्थामा पुगेकाे छ : सिपी गजुरेल
फाइल फाेटाे

नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसिसीका कारण सत्तारूढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै एमसिसीका कारण सत्तारूढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेकाे बताएका हुन् ।

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दावी समेत गरे । 

मुलुकको अर्थतन्त्र समेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढनुको विकल्प नरहेको उनकाे भनाइ छ ।

उनले भने, ‘अहिले एमसिसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकाका संकट छ । उनीहरू नै भन्छन् । हामीले मात्रै भनेको होइन । प्रतिक्रियावादीहरूको एउटा हिंस्साले के भन्छ भने संकटैसंकट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ । अर्थतन्त्र कोल्याप्स नै हुने भयो अब । आर्थिक सूचकांक सबै नकारात्मक छन् ।’

नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरूसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए ।





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १७:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया