एमसिसीले सत्तासिन दलहरूलाई बर्बराउने बनायो : गोकुल बाँस्कोटा

नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले एमसीसी सम्झौता गर्ने सत्तासिनलाई बर्बराउने बनाएको बताएका हुन् ।

उनले सत्तासिन दलले एमसिसी सम्झौता गरेको र उनीहरूसँग नै बहुमत रहेको पनि जिकिर गरेका छन् । उनले हिजो सजिलै सत्ताको लागि चिम्टा बनाएको तर आज उनीहरूकै लागि सनासो भएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्‍या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १५:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया