गोकर्णेश्वर नगरपालिकाका विद्यालयमा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन
प्रतीकात्मक तस्वीर

गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ । नगरपालिकाको १८ माघ बसेको बैठकले २३ माघदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई भौतिक रूपमा सञ्चालन गर्न परिपत्रसमेत गरेको छ । नगरभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको मागअनुसार शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए ।

'…नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सवै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/१०/२३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोहीअनुसारै विद्यालय सञ्चालन गर्ने गराउने सम्बन्धमा उपयुक्त एवं भरपर्दो र विश्वसनीय वातावरण मिलाउन हुन सबैमा अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको यो निर्णय भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश विपरीत हो । काठमाडौं प्रशासनले पछिल्लो पटक १४ माघमा जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १५:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया